
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौं । एकपटक वैदेशिक रोजगारमा गएर फर्किएकाहरुले फेरि विदेश जाँदा अभिमुखीकरण तालिम लिनु नपर्ने भएको छ ।
पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सोमबारदेखि विदेश गएर फर्किएका र उही काममा विदेश जानेहरुले फेरि अभिमुखीकरण लिनुपर्ने बाध्यात्मक व्यवस्था हटाएको जानकारी दिए ।
मन्त्रालयका अनुसार विदेश गएर अनुभव हासिल गरिसकेकालाई त्यस्तो कक्षा आवश्यक नपर्ने निष्कर्ष निकालेर पुरानो व्यवस्था हटाइएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij