
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौं । कलंकीबाट लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले कलंकीबाट तीन जनालाई पक्राउ गरेको हो।
उनीहरूबाट प्रहरीले ४३ ग्राम ब्राउन सुगर, डिजिटल तराजु दुईवटा, दुई लाख ४५ हजार, प्याकिङ गर्ने प्रयोग हुने प्लास्टिकहरू, चार वटा मोबाइल फोन र एउटा मोटरसाइकल बरामद गरेको छ।पक्राउ पर्नेमा भारत लखनउ घर भई कलंकी बस्ने १८ वर्षीय मोहमद गुफरान, १८ वर्षीय अह्यान अन्सारी र ललितपुर महानगरपालिका–४ धोबीघाट बस्ने ३९ वर्षीय गणेश रजक छन्। बरामद गरेको कालिमाटी वृत्तले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij