
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणको अन्तिम दिन राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् ।
विदेशमन्त्री यीले आईतबार राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
विदेशमन्त्री याङयीसँग एमाले नेताहरु अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र विदेश विभाग प्रमुख राजन भट्टराईले भेटवार्ता गरेका हुन् । एमाले नेतासँगको भेटवार्तापछि यीले माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले भेटवार्ता गरेका हुन् ।
यीले राष्ट्रपति भण्डारीलाई राष्ट्रपति कार्यालय र नेताहरुलाई काठमाडौँको मेरियट होटलमा भेटवार्ता गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij