
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । चीनले नेपालको आन्तरिक परिस्थिति र अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिस्थितिले दुई देशको सम्बन्धमा कुनै असर नपर्ने बताएका छन् ।
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाली समकक्षी नारायण खड्कासँग भएको भेटमा चीनले नेपालको आन्तरिक परिस्थिति र अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिस्थितिले दुई देशको सम्बन्धमा कुनै असर नपर्ने बताएका हुन् ।
चिनियाँ विदेशमन्त्री यीले ‘दुई देशबिचको सम्बन्ध दुवै देशका नेताले तय गरेको दिशामा अघि बढ्ने पनि बताए ।
यस्तै चीनले नेपाललाई स्वतन्त्र रुपमा आन्तिरक तथा परराष्ट्र नीतिहरू अवलम्बन गर्न सहयोग गरेको बताउँदै उनले चीनले आकारमा जस्तोसुकै भए पनि सबै देशहरू समान रहेकोले सबै देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्ने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij