
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुईमन्त्री एमाले प्रवेश गर्ने भनेर हल्ला चलाइएको बताए ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालल दुईमन्त्री प्रेम आले र कृष्णकुमार श्रेष्ठ एमाले प्रवेश गर्न हल्ला मात्र भएको बताउँदै झुटा प्रचार गर्न खप्पिस भएकाहरुले हल्ला मात्र चलाएको बताए ।
उनले मन्त्रीहरु प्रेम आले र कृष्ण कुमार श्रेष्ठ मध्यरातमा बालकोट पुगे र एमाले प्रवेश गर्ने भनेर हल्ला चलाइकाले अब त्यो भ्रम पनि नरहेको बताए ।
यस्तै, अध्यक्ष नेपालले एमाले परित्याग गरेकाहरुलाई केन्द्रीय कार्यालयमा शपथ ग्रहण गराएको बताउँदै, एमालेबाट एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको दाबीसमेत गरे।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij