
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएई विरुद्धको खेलमा नेपाल ९९ रनले पराजित भएको छ । लगातार खराब ब्याटिङका कारण २०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १०३ रनमै अलआउट भयो । नेपालको चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सकेन ।
यसअघि पहिलो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो । यूएईविरुद्ध बनाएको १०३ रन नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा कम स्कोर हो ।
यूएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात फेरि पनि राम्रो हुन सकेन । नेपालले सुरुवाती पावर प्लेमा ४ विकेट गुमाएको थियो ।
नेपालका ओपनर कुशल भुर्तेल दोस्रो ओभरमै व्यक्तिगत ५ रन बनाएर आउट भए । यस्तै श्रृंखलामा पहिलो खेल खेलिरहेका पवन सर्राफ २ रन बनाएर तेस्रो ओभरमा आउट भए । पवनले आसिफको स्थानमा ओपनिङ गरेका थिए । यस्तै दीपेन्द्र सिंह ऐरीले खाता समेत नखोली तेस्रो ओभरमा आउट भए । जुनैद सिद्दीकीले पवन र दीपेन्द्रलाई लगातार आउट गरे ।
यसअघिका दुई खेलमा राम्रो ब्याटिङ गरेका रोहित पौडेल आज व्यक्तिगत ९ रनमा आउट भए । नेपालले १० ओभरमा ४ विकेट गुमाएर जम्मा २१ रन बनाएको थियो । पवार प्लेमा युएईका जुनैद सिद्दकी र कासिफ दाउदले २–२ विकेट लिएका थिए ।
त्यसपछि ज्ञानेन्द्र मल्ल र आरिफ शेखले नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । पाँचौ विकेटका लागि ज्ञानेन्द्र र रोहितले ३३ रनको साझेदारी गरे । आरिफ २१औं ओभरमा १५ रन बनाएर बउट भए । आरिफ आउट भएपछि नेपालको इनिङ्स धर्मारायो । त्यसपछि नेपाली इनिङ्स सम्हालिन सकेन ।
ज्ञानेन्द्र मल्ल पनि २५औं ओभरमा आउट भएपछि नेपालले ६९ रनमा छैटौं विकेट गुमायो । ज्ञानेन्द्रले ६५ बल खेल्दै २ चौका मद्दतमा सर्वाधिक ३० रन बनाए । आरिफ र ज्ञानेन्द्र दुवैलाई यूएईका कप्तान अहेमद राजाले आउट गरे । विनोद भण्डारी १२ रन बनाएर आउट भए । करण केसी ४ रनमा आउट भए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij