Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

आज १७.९९ अंकले बढ्यो नेप्से 

आज १७.९९ अंकले बढ्यो नेप्से 

  • काठमाडौँ । आज सातको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा केही सुधार हुन थालेको छ । केहीसमय यता निरन्तर ओरालो लागिरहेको नेप्से परिसूचक १७.९९ अंकले बढेको हो । 

    images
    images
    images

    आज नेप्से सूचक १७.९९ अंकले बढेर २६३४.५७ विन्दुमा आएको छ । २ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

    यस अवधिमा २३१ कम्पनीको ५१ लाख ८९ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् । २० करोड ९४ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण भ्याली हाइड्रोपावर र जीवन विकास लघुवित्त परेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij