Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेपालका तीन खेलाडीले युएईमा टी–१० लिग खेल्ने

नेपालका तीन खेलाडीले युएईमा टी–१० लिग खेल्ने

  • काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् ९युएई० मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन् ।  सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्न लाग्नुभएको हो । 

    images
    images
    images

     बुधबार राति भएको ड्राफ्टबाट तीनै जनालाई  अनुबन्ध गरिएको छ । कामीले मराठा अरबियन्स, केसीले पुने डेभिल्स  मल्लले टिम अबुधाबीबाट खेल्ने निश्चित भएको छ । कामीले यसअघि पनि विदेशी फ्रेन्चाइज क्रिकेट खेलिसक्नुभएको छ । 

     केसी र मल्ल पहिलो पटक विदशी लिग खेल्न लाग्नुभएको हो । यसअघि  टी–टेन लिगमा नेपालका तर्फबाट सन्दीप लामिछाने र पारस खड्काले खेलिसक्नुभएको छ  । खड्का यसपटक  टिम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरका भूमिकामा रहनुभएको छ । टी–१० लिग सन् २०२१  जनवरी २८ देखि शुरु हुनेछ । उक्त प्रतियोगितामा आठ टोली भिड्ने छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij