Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

बबिता र बन्दनामाथिको प्रहारबिरुद्ध बोल्यो पत्रकार महासंघ

बबिता र बन्दनामाथिको प्रहारबिरुद्ध बोल्यो पत्रकार महासंघ

  • ललितपुर / बरिष्ठ पत्रकारद्धय बबिता बस्नेत र बन्दना राणाविरुद्ध सामाजिक सञ्जालमा आएका नकरात्मक अभिव्यक्ति प्रति पत्रकार महासंघले विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरेको छ ।

    images
    images
    images

    अग्रज पत्रकारद्धय बस्नेत र राणाले अभिनेता पल शाह र समिक्षा अधिकारी प्रकरणमा मिडियामा आउको लेख र सामाजिक सञ्जालमा राखेको आफ्नो अभिव्यक्तिलाई लिएर जथाभावी गालीगलौचका शब्दहरु ‘कमेन्ट’मा आएपछि महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

    नेपाल पत्रकार महासंघका महासचिब रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘पत्रकार बस्नेतले लेखेको लेख र पत्रकार राणाले सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिलाई लिएर उहाँहरूलाई बहिस्कार गर्नेसम्मका अभियान सामाजिक सञ्जालमा देखिनु दुःखद घटना हो।’ नेपाल पत्रकार महासंघले यस विषयसम्बद्ध सबैमा बहस र संवादमार्फत नै समस्याको समाधान खोज्न आग्रह समेत गरेको छ ।

    ‘कुनै विषयमा लेख रचनामार्फत आफ्नो विचार व्यक्त गर्न पाउनु प्रत्येक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता हो । कसैले सार्वजनिक रूपमा व्यक्त गरेको विचारको विरोध वा खण्डन गर्न पाउनु पनि अभिव्यक्ति स्वतन्त्रताको अधिकार नै हो । लोकतान्त्रिक सभ्य समाजमा यस्तो विरोध बा बण्डन बहस र अभिव्यक्तिको माध्यमबाट स्वस्थ ढगबाट नै हुनुपर्छ भन्ने महासंघको मान्यता छ । तर पत्रकार बस्नेत र राणाले राख्नु भएको विचारका कारण उहाँहरूलाई हतोत्साहित गर्ने र बहिष्कार गर्ने जस्ता अभियान चलाइनु उहाँहरूको अभिव्यक्ति स्वतन्त्रताको बिरुद्ध हुनुका साथै लोकतान्त्रिक समाजलाई सुहाउँदो हुँदैन ।’पुरीद्धारा जारी बिज्ञप्तिमा भनिएको छ । 

    Fnj.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij