
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं/ उपराष्ट्रपति नन्दबहादुर पुनले महिला राजनीतिक, सामाजिक तथा आर्थिकरूपमा स्वतन्त्र र सशक्त नभएसम्म देशको समृद्धि सम्भव नभएको उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सन्देश दिँदै उपराष्ट्रपति पुनले आजको दिनले नेपाली महिला र देशको सर्वाङ्गीण विकासका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा मिल्ने अपेक्षा गरेका छन् ।
उपराष्ट्रपति पुनलेसंविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने बताएका छन् ।
महिलाको हक(अधिकारका लागि सबै लाग्नुपर्ने आग्रह गरेका छन् । उनले महिला दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij