Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

कृषि सामग्री वितरण

प्युटारका कृषक प्रफुल्लित

प्युटारका कृषक प्रफुल्लित

  • प्रकाश थिङ

    images
    images
    images

    ललितपुर 

    images

    वागमती गाउँपालिका–४ प्युटारमा रहेका किसानहरुलाई यहाँको वडाले विभिन्न कृषि सामग्री वितरण गरिएको छ । यहाँ विभिन्न प्रकारका ताजा तरकारी उत्पादन गर्ने ३० जना किसानलाई प्रति कृषक ७ किसिमका कृषि सामग्री वितरण गरिएको हो । जसमा प्लाष्टिक सिट, थोपा सिंचाइ सेट १०० लि ट्याङ्की, इम्प्रुभ सृजना गोलभेडाको बीउ, हजारी, स्टिकी ट्र्याप र टनेलको फिताआदि कृषि सामग्रीहरु वितरण गरिएको हो ।

    प्युटारमा प्रशस्त मात्रामा तरकारी उत्पादन हुने तर किसानले बजारमा बिक्री गर्नेतर्फ ध्यान दिन छाडेसँगै गाउँवासीको जीवनस्तर उकास्न र काममा लागिपर्न वडाले वार्षिक रुपमा ३० जना किसानलाई कृषि सामग्री वितरण गर्दै आएको हो।

    निर्वाहमुखी आम्दानीलाई बढाएर व्यावसायिक कृषितर्फ युवाहरु आकर्षित पार्ने उद्देश्यले यो कार्यक्रम गरिएको वडाध्यक्ष नारायणबहादुर घलले बताए । वागमती गाउपालिका कृषि शाखाले हावापानी सुहाउने तरकारी तथा फलफूल उत्पादन गरी गाउँवासीलाई आत्मनिर्भर बनाउँदै लैजाने योजना रहेको कृषि विकास अधिकृत सुवास खनालले बताए । उक्त कार्यक्रममा वडा सचिव रोमा जिम्बा, कृषि प्राविधिक शोभा घलानलगायतको उपस्थिती रहेको थियो । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij