
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौँ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले भाडा समायोजनको माग राख्दै आन्दोलनको घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धी तत्काल फिर्ता लिई भाडा समायोजन गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको हो ।
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर एक हप्ताभित्र समस्या समाधान नभएमा आगामी चैत्र १ गतेबाट आन्दोलनमा जाने घोषणा गरेको हो । महासंघले हाल कायम भाडा दरमा अन्तर प्रदेश र प्रदेश स्तरीय रुटमा न्युनतम २६ प्रतिशतले बृद्धि गर्न र ट्याक्सीको हकमा सुरुवाती ८० रुपैयाँ तथा भाडा प्रति मिटर ६० रुपैयाँदरले समायोजन गर्न सरकारसँग माग गरेको हो ।
महासंघका अध्यक्ष डोलनाथ खनालले अन्तिम पटक भन्दै सरकारलाई ७ दिनको समय अवधिमा माग सम्बोधन गर्न आग्रह गरेको बताए । उनले पेट्रोलियम पदार्थको मुल्य बृद्धिको आधारमा भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरे । अध्यक्ष खनालले विगतजस्तै आन्दोलनको निमित्त ७ दिने सरकारलाई अल्टिमेटम दिएको सुनाए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij