
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडाै । सर्वोच्च अदालतको आइतबारको संयुक्त इजलासले मधेश प्रदेशका तर्फबाट नेपाल प्रहरीको भर्ना रोक्न दर्ता भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । आइतबार सर्वोच्चको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरपछि प्रहरी छनोट तथा भर्ना प्रक्रिया अघि बढेको हो ।
प्रहरी प्रधान कार्यालय नक्सालले १० मंसिरमा नेपाल प्रहरीका विभिन्न एक सय ४६ पदका लागि दरखास्त आह्वान गरेको थियो । आइतबार सर्वोच्चको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै प्रहरी छनोट तथा भर्ना प्रक्रिया अघि बढ्ने भएको हो ।
यसअघि एकल इजलासबाट दुवै पक्षबीच छलफल गराउने आदेश भएपछि आइतबार संयुक्त इजलासले अन्तरिम आदेश नदिने निर्णय सुनाएको हो । कामू प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डाक्टर मनोजकुमार शर्माको संयुक्त इजलासले आइतबार गरेको यो निर्णयसँगै प्रहरीलाई भर्ना प्रक्रिया अघि बढाउने बाटो खुलेको छ । रिटमा प्रहरी प्रधान कार्यालय नक्साल, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij