
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडाैँ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दाँत उपहार दिने भएको छ । गाउँपालिकाले ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
गाउँपालिकाभित्रका ५० ज्येष्ठ नागरिकलाई दाँत उपहार उपलब्ध गराउने योजना रहेको गाउँपालिकाले जनाएको छ । उपलब्ध गराएको दन्तमा केही समस्या आएमा दश वर्षसम्म निःशुल्क मर्मत गर्ने गरी अस्पतालसँग गाउँपालिकाले सम्झौता समेत भएको प्रमुख प्रशासकीय अधिकृत लिम्बुले बताए ।
दाँत नहुँदा खाना खान, बोल्न, मेलापात जान तथा सौन्दर्यता र मानसिकरुपमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले गाउँपालिकाले ज्येष्ठ नागरिकको मनोबल बढाउनका लागि दाँत उपहार उपलब्ध गराउन लागेको गाउँपालिकाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij