
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं । भक्तपुरमा तीनवटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको छ । बर्डफ्लू देखिएका तीनवटा फार्मका कुखुरा आज र भोलिगरी नष्ट गरिने भएको छ ।
सूर्यविनायक नगरापलिका १० का व्यावसायिक फार्ममा पलिएका कुखुरा भेटेनरी कार्यालयको टोलीले भोलिसम्म नष्ट गरिसक्ने स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए ।
वडाका पाइला अग्रिकल्चरल फार्म, शिखर पोल्ट्री फार्म र अजिमा पोल्ट्री फार्ममा पालिएका कुखुरामा बर्ड फ्लूको एफ फाइभ एन वान संक्रमण भएको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले पुष्टि गरेको थियो ।
।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij