
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडाैँ । भक्तपुरमा एक महिलामाथि उनकै श्रीमानले एसिड प्रहार गरेका छन्। सूर्यविनायक नगरपालिका–४ दधिकोट चित्रपुरका ६५ वर्षीय श्याम गुभाजुले आफ्नै श्रीमती ६० वर्षीया पूजा गुभाजुलाई कुटपिट गर्दै एसिड प्रहार गरी घाइते बनाएका छन् ।
प्रहरीका अनुसार आइतबार श्यामले पत्नी पूजा गुभाजुको शरीरमा नाम नखुलेको केमिकल (रसायन) प्रहार गरेको हो । घाइतेको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।
घटनामा संलग्न श्याम गुभाजुलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । उनी शारीरिक रुपमा अशक्त भएको समेत प्रहरीले भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij