May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडाैँ/ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन सार्ने सम्बन्धि छलफल चलिरहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले आगामी वैशाखको स्थानीय तहको निर्वाचन सार्ने बिषयमा छलफल भइरहेको बताएका हुन् ।
स्थानीय तह निर्वाचन सार्न खोज्नु भएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘ अब म भन्न सक्दिन, त्यो पनि कुरा चलिरहेको छ ।’ उनले प्रतिनिधिसभा भंग गरेर जानुपर्ने पनि बताए । यद्यपि स्थानीय तहको निर्वाचनपछि भंग गरेर जाने या त्यसअघि नै भन्नेबारे चाहिँ उनले स्पष्ट पारेनन् । यो विषय सत्ता गठबन्धनमा छलफल गरेर प्याकेजमै टुंगो लगाइने उनले बताए ।
प्रतिपक्षी दल एमालेले निरन्तर संसद अवरोध गरेकाले अब विघटनमा जानु नै उत्तम हुने उनको भनाइ छ । ‘संसद विघटनबारे हल्ला त चल्नु स्वभाविकै हो नि । संसद चल्न पनि नदिने केही गतिविधि गर्नै नदिने । हाउसलाई पंगु बनाउने र भत्ता सत्ता मात्रै खाने’, उनले भने, ‘हामीलाई पनि हैरान पार्ने, अब केपी ओलीको वितण्डालाई सामना गर्न यसलाई भंग गरिदिने । न संसद रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ । अनि चुनाव भइहाल्छ ।’
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन सार्नेबारे छलफल चलिरहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले आगामी वैशाखको स्थानीय तहको निर्वाचन सार्नेबारे छलफल भइरहेको बताएका हुन् ।
स्थानीय तह निर्वाचन सार्न खोज्नु भएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘ अब म भन्न सक्दिन, त्यो पनि कुरा चलिरहेको छ ।’ उनले प्रतिनिधिसभा भंग गरेर जानुपर्ने पनि बताए । यद्यपि स्थानीय तहको निर्वाचनपछि भंग गरेर जाने या त्यसअघि नै भन्नेबारे चाहिँ उनले स्पष्ट पारेनन् । यो विषय सत्ता गठबन्धनमा छलफल गरेर प्याकेजमै टुंगो लगाइने उनले बताए ।
प्रतिपक्षी दल एमालेले निरन्तर संसद अवरोध गरेकाले अब विघटनमा जानु नै उत्तम हुने उनको भनाइ छ । ‘संसद विघटनबारे हल्ला त चल्नु स्वभाविकै हो नि । संसद चल्न पनि नदिने केही गतिविधि गर्नै नदिने । हाउसलाई पंगु बनाउने र भत्ता सत्ता मात्रै खाने’, उनले भने, ‘हामीलाई पनि हैरान पार्ने, अब केपी ओलीको वितण्डालाई सामना गर्न यसलाई भंग गरिदिने । न संसद रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ । अनि चुनाव भइहाल्छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij