
Jun 22 2025 | २०८२, असार ८ गते
ललितपुर । विवेकशील बाग्मती प्रदेशका सदस्य रमेश बस्नेतसहित विवेकशील साझा र राप्रपाका दर्जन नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । स्थानीय तहको निर्वाचनसम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
विभिन्न कारणले र पद नपाउँदा सामाजिक सञ्जालमा लामो कुरा राखेर पार्टीकै बदनाम गर्दै आफु अन्यतिर लाग्नेहरुप्रति नेतृत्व सजक हुनुपर्नेमा ज्ञवालीको जोड थियो ।
कार्यक्रममा नेकपा एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले जो जनप्रतिनिधि भएपनि चुनावमा जो उठेपनि पार्टीको निर्देशन मान्नु उनीहरुको कर्तब्य हुने बताए । कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य शुसिला नेपाल, केन्द्रीय सदस्य हरिकृष्ण ब्यञ्जनकार, सांसद नवराज सिलवाल लगायतले सम्बोधन गएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij