ललितपुर । भैसैपाटीमा आगलागी भएको छ । नयाँ बजारस्थित राजेश चौधारीको मोटरसाइकल वर्कशपमा करेन्ट सर्ट आगलागी भएको हो । आगलागीमा ५ वटा मोटरसाइकल, २ वटा वास मेसिन, २ वटा कम्प्रेशर मेशिनलगायत जलेर करिब १० लाख रूपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।