
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौ/ नेपाल आयल निगमले पेट्रलियम पदार्थको मुल्य बढाएसंगै आन्तरिक हवाई उडानको भाडा बढेको छ । नेपाल आयल निगमले हवाई इन्धनको भाउ बढाएपछि हवाई उडान कम्पनीहरुले पनि भाडा बढाएका हुन् । एयरलाइन्स अपरेटर्स एसोसियसन अफ नेपाल (आयोन) ले हवाइ इन्धनका मूल्यबृद्धिसँगै आइतबारदेखि लागु हुनेगरि भाडादर भाडा बढाएको हो । आइतबारदेखि लागु हुनेगरी इन्धन शुल्क बढेको र भाडामा पनि वृद्धि भएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले बढेको छ ।
बृद्धि भएको भाडादर अनुसार काठमाण्डौ–धनगढीको भाडा चार सय ४५ रुपैयाँ बढेको छ । यस्तै काठमाण्डौ–भद्रपुरको तीन सय, काठमाण्डौ–सुर्खेतको तीन सय ४५ र काठमाण्डौ–नेपालगञ्जको तीन सय ३० रुपैयाँ भाडा बढेको छ । आयोनले आन्तरिक उडानर्फ कम्तिमा ९० रुपैयादेखि बढीमा ५४० रुपैयासम्म बृद्धि गरेको छ । निगमले आन्तरिक हवाइ इन्धन ११३ रुपैयामा खरीद गरी २३ रुपैया ८ पैसा नाफा राखेर १३६ रुपैया प्रति लिटरमा विक्री गर्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij