Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

देउवाको निर्देशन – 'भेदभाव नगरी जनताको काम गर्नुस्’

देउवाको निर्देशन – 'भेदभाव नगरी जनताको काम गर्नुस्’

  • काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आस्थाका आधारमा कुनै भेदभाव नगरी जनताको सेवा गर्न कर्मचारीलाई आग्रह गरेका छन् । शनिवार काठमाडौंमा नेपाली काँग्रेसको कर्मचारी युनियनको आठौँ महाधिवेशनमा मन्तव्य राख्दै प्रधानमन्त्री देउवाले यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

    images
    images
    images

    देउवाले राज्यका स्रोत साधान सम्पत्तिको सुरक्षा गर्ने निजामती कर्मचारी अहिलेको आवश्यकता रहेको बताउदै मुलुकको स्थायी सरकारको रुपमा रहेको निजामती कर्मचारीहरुको देश अगाडि बढ्न महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

    images

    प्रधानमन्त्री देउवाले राष्ट्रसेवक कर्मचारीको व्यवहार सरकारको व्यवहार हुने भएकोले जनताप्रति प्रतिबद्ध भएर काम गर्नुपर्ने, सुशासनले नै मुलुकको विकास हुने भएकोले कर्मचारीहरु मर्यादित र जिम्मेवार हुन आवश्यक रहेको बताए । कुनैपनि सरकारको योजनाको सफलता कर्मचारीमा निर्भर रहेको उनले बताउँदै राज्यलाई अगाडि बढाउनका लागि निजामती कर्मचारी मर्यादित र अब्बल रहनुपर्नेमा जोड दिए ।

    सरकारको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि, जनतालाई सेवा सुविधा दिनका लागि राष्ट्रप्रति प्रतिबद्ध कर्मचारी आवश्यक रहेको बताउँदै संविधानले कर्मचारीलाई दिएको अधिकार कार्यान्वनका लागि आफ्नो तर्फबाट सहयोग हुने प्रतिबद्धता समेत व्यक्त गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij