
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं/ माघ १२ गते भएको निर्वाचनबाट राष्ट्रियसभामा निर्वाचित १९ जनाले आज सांसद पदको पद तथा गोपनीयताको सपथ लिएका छन् । चार बर्षे कार्यकाल सकिएर हिजो फागुन २० गतेबाट विदा भएका २० जना सांसदहरुको स्थानमा निर्वाचित भएका १९ जना सांसदहरुमध्ये आज १८ जनाले मात्रै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सपथ लिएका हुन् ।
आज ११ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा आयोजित कार्यक्रममा सपथ लिनेहरुमा नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरु जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त र भुवनबहादुर सुनार, सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह (गरिमा), जगतबहादुर पार्की र नारायणदत्त मिश्र रहेका छन् । मन्त्रीपरिषदबाट मनोनित रामनारायण विडारीको स्थानमा भने सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा मनोनित हुन बाँकी नै रहेको छ ।
माघ १२ गते भएको निर्वाचनबाट राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक–एक जना सदस्य निर्वाचित भएका थिए ।
हिजो फागुन २० गतेबाट विदा भएका राष्ट्रियसभा सांसदहरुमा अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनाकला ओझा, पर्शुराम मेघी गुरुङ, राम लखन चमार, सुमनराज प्याकुरेल, उदयाशर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्ति कुमारी अधिकारी जिशी, शेरबहादुर कुँवर, दृगनारायण पाण्डेय, तारादेवी भट्ट, राधेश्याम अधिकारी, खिमकुमार बिक, जीवन बुढा, दिनानाथ शर्मा, शशीकला दाहाल, रामनारायण बिँडारी रहेका छन् छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij