
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडाैँ । अमेरिकाले नेपाललाई ६२ लाख डोज फाइजर खोप दिने भएको छ । कोभ्याक्स मार्फत ६२ लाख डोज खोप नेपाल ल्याइने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिए ।
उनका अनुसार अमेरिकाले प्रदान गर्ने ६२ लाख डोज खोपमध्ये १५ लाख डोज खोप यहीँ चैत ११ गते ९२५ मार्च० सम्ममा नेपाल आउने जानकारी प्राप्त भएको छ ।
त्यसैगरी बाँकी रहेका खोप भने विभिन्न चरणमा वैशाख ५ गतेभित्र अप्रिल १८ मा ल्याइने छ । यो खोप १२ वर्षभन्दा माथिका लागि प्रयोग गरिने चौरासियाले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij