
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । आज सातको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले बढेर ९९ हजार ९ सय रुपैयाँ कायम भएको हो ।
यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९९ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार छापावाल सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो ।
आज चाँदीको भाउ भने स्थिर रहेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १३८० रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij