Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

उपत्यकाका १६ सय ४३ सवारी चालकमाथि कारवाही

उपत्यकाका १६ सय ४३ सवारी चालकमाथि कारवाही

  • काठमाडौं/ उपत्यकाका १६ सय ४३ सवारी चालक कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन १ हजार ६४३ जना सवारी चालकमाथि कारवाही गरेको जनाएको छ।  बिहीबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  

    images
    images
    images

    कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ८३ जना, मदिरा पिएर सवारी साधन चलाउने ६६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५८ जना, र रातो बत्तीको उल्लङ्घन गर्ने ५१ जना रहेका छन् । 

    images

    यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ४८ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरूलाई पनि कारवाही गरिएको महाशाखाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij