Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

माओवादीको केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे

माओवादीको केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे

  • काठमाडौं/  सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बिहान ११ बजे तय भएको बैठक दिउँसो १ बजे सरेको केन्द्रीय कार्यालयले जनाएको छ ।

    images
    images
    images

    एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो । माओवादीको पदाधिकारी एवम् कार्य समितिलाई पूर्णता दिइने, कार्यविभाजन, भावी कार्ययोजना लगायत संसदबाट अनुमोदन भइसकेको अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पनि थप छलफल हुने पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए । 

    images

    ११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो । माओवादीले २४७ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेको छ ।

    माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ ।

    यसलगायत आगामी स्थानीय तहको चुनाव र आगामी दिनमा पार्टी कस्तो भूमिकामा प्रस्तुत हुने विषयमा आन्तरिक बहस भइरहेकाले पनि माओवादी केन्द्रको बैठक केही घण्टा पर सरेको उनको भनाइ छ । बैठक काठमाडौंस्थित राष्ट्रिय सभागृहमा बस्ने जनाइएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij