
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौँ । आगामी स्थानीय तहको चुनावमा एक लाख बढी म्यादी प्रहरी खटाइने भएको छ । नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीका अनुसार म्यादी प्रहरीको तालिम अवधि एकदेखि दुई सातासम्म हुनेछ ।
तालिममा म्यादी प्रहरीलाई अनुशासन र भीड नियन्त्रणबारे सिकाइन्छ । उनीहरुलाई निर्वाचन बुथको सुरक्षा कसरी गर्ने, लाइन कसरी व्यवस्थापन गर्ने, चुनावमा आफूभन्दा वरिष्ठलाई सलाम गर्ने तरिका,लौरो चलाउने लगायतका कुराहरु सिकाइने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij