Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

चिरिबाबुको प्रार्थना, 'महानगरको प्रगति हेर्न तपाईँहरु बाँच्नुपर्छ'

चिरिबाबुको प्रार्थना, 'महानगरको प्रगति हेर्न तपाईँहरु बाँच्नुपर्छ'

  • ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन आज निकै खुशी देखिए । मंंगलबजारको कार्तिक डबलीबाट बोल्दै भने, ‘मेरो आयु लामो छ, किनकी म धुम्रपान गर्दिन ।’

    images
    images
    images

    धुम्रपान नगरौं, स्वास्थ्य रहौं भने नारासहित आजबाट ललितपुरको तीन स्थानमा धुम्रपान निषेधित क्षेत्र लागू गरिएको छ । यही नारालाई उद्दत गर्दै मेयर चिरिबाबुले भने, ‘आजसम्म धु्रम्रपान गरेको छैन, यसकारण मेरो आयु लामो नै हुनेछ ।’

    images

    दर्शकदिर्घाबाट ताली बज्दै गर्दा मेयरले थपे, ‘तपाईँहरुपनि ध्रुम्रपान नगर्नुस्, धेरै बाँच्नुस्, किनकी महानगरको प्रगति हेर्न तपाईँहरु बाँच्नुपर्छ ।’ 

    नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुका अनुसार ध्रु्म्रपान निषेधित क्षेत्रमा पाँच जना नगर प्रहरी तैनाथ गरिनेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij