
Apr 30 2025 | २०८२, वैशाख १७ गते
महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोका प्रमुख प्रहरी निरीक्षक नरेश शाहीको कान जाँचसँगै कार्यक्रम प्रारम्भ भयो ।
ललितपुर । विश्व श्रवण दिवसको अवसरमा ‘ट्राफिक प्रहरीका लागि अभिमुखीकरण’ कार्यक्रम गरिएको छ । बीपी नेत्र प्रतिष्ठान बाल, आँखा, नाक, घाँटी अस्पताल एवम् पुनःस्थापना सेवा मनोहरा ललितपुरको आयोजनामा कार्यक्रम गरिएको हो ।
स्वर्णिम सहाराको समन्वयमा महानगरीय ट्राफिक प्रहरी परिसर सातदोवाटोमा करिब सयजना ट्राफिक प्रहरीको कान परीक्षण गरिएको महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोका प्रमुख प्रहरी निरीक्षक नरेशबहादुर शाही बताउनुभयो । ‘सुनाई जीवनका लागि, ध्यान दिएर सुनौँ’ मुल नाराका साथ कार्यक्रम आयोजना भएको हो ।
सातदोबाटोका ट्राफिक प्रमुख शाहीको कान जाँचसँगै प्रारम्भ गरिएको सो कार्यक्रममा धेरैमा श्रवण समस्या देखिएको बताइएको छ । सडकमा सक्रिय हुँदै खटिने ट्राफिकहरुले अनिवार्यरुपमा इएर मफ तथा इयर प्लग लगाएमा यस्तो समस्याबाट बच्न सकिने वीपी नेत्र प्रतिष्ठानका डा. प्रशान्त पौडेलले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा समन्वयकारी भूमिका निभाएकी एन्जल खड्का, मिना थापा र राम केसीले यस्तो कार्यक्रमले स्वास्थ्य सुरक्षामा सचेत बन्न सकिने धारणा राख्नुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij