Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

घाइते बास्केटबल खेलाडी गुरुङलाई आर्थिक सहयोग सङ्कलन

घाइते बास्केटबल खेलाडी गुरुङलाई आर्थिक सहयोग सङ्कलन

  • धरान । अभ्यासका क्रममा लडेर घाइते हुनुभएका  बास्केटबल खेलाडी प्रदीप गुरुङलाई उपचारार्थ रु दुई लाख सहयोग सङ्कलन भएको छ । उहाँकोे अहिले विपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।

    images
    images
    images

    बास्केटवल सङ्घ धरान र सुनसरीद्वारा संयुक्त रुपमा मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता आयोजना गरी उहाँको उपचारका लागि सो नगद सङ्कलन गरिएको हो । सङ्घका केन्द्रीय उपाध्यक्ष सुरज लामा र  जिल्ला अध्यक्ष नारायण सुवेदीले बुधबार खेलाडी गुरुङलाई सङ्कलित रकम हस्तान्तरण गर्नुभयो ।  

    सोही अवसरमा धरान उपमहानगरपालिका– १८ का वडाध्यक्ष प्रवीण राईले रु १५ हजार र एन्फाका केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राईले १० हजार पनि सहयोग गर्नुभएको थियो । 
    यसैगरी नेपाल बास्केटबल लिगबाट रु १० हजार, झापा बास्केटबल सङ्घबाट पाँच हजार, हिमालयन मेगा कलेजबाट पाँच हजार र होप धरानले सङ्कलित रु २७ हजार ४१० पनि खेलाडी गुरुङलाई हस्तान्तरण गरिएको बास्केटबल सङ्घ धरानका सचिव  विकास चाम्लिङले जानकारी दिनुभयो ।  

    सङ्घका केन्द्रीय उपाध्यक्ष लामाले खेलाडी घाइते हुँदा राज्यले उपचारको प्रबन्ध गर्नुपर्छ भनेर ध्यानाकर्षण गराउनका लागि सहयोग जुटाउन  खेल आयोजना गरिएको बताउनुभयो ।  कार्यक्रममा बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रा डा मोहनचन्द्र रेग्मीले राष्ट्रका लागि खेल्ने खेलाडी घाइते हुँदा राज्यले नै उपचारको प्रत्याभूति गर्नुपर्छ भन्नुभयो ।  

    सातौं र आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा उत्कृष्ट खेल प्रस्तुत गर्न सफल २८ वर्षीय गुरुङ प्रदेश नं १ का उदीयमान खेलाडी हुनुहुन्छ । उहाँको दाहिने घुँडाको एन्टिरियर क्रुसिएट लिगामेन्ट९एसिएल० पूर्णरुपमा च्यातिएको छ । मिडियल मिनिस्कस र लेटिरियल मिनिस्कसको भाग पनि केही च्यातिएको चिकित्सकले जनाएका छन् ।  खेलाडी गुरुङको शल्यक्रिया तथा लिगामेन्ट प्रत्यारोपण गर्न कम्तीमा रु तीन लाख खर्च हुने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij