Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

राष्ट्रियसभाका नवनिर्वाचित १९ संसदहरुको सपथ शनिबार

राष्ट्रियसभाका नवनिर्वाचित १९ संसदहरुको सपथ शनिबार

  • काठमाडौँ/ राष्ट्रियसभाका लागि नवनिर्वाचित १९ संसदहरुको सपथ फागुन २१ गते शनिबार हुने भएको छ । फागुन २० गतेदेखि पदावधि सकिन लागेका १९ राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते भएको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए भने एमाले र राप्रपाले छुट्टै उम्मेदवार दिएका थिए।

    images
    images
    images

    सातै प्रदेशमा भएको मतदानबाट १९ जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्। महिलाबाट ७, दलितबाट ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट २ र अन्य समूहबाट ७ जना सदस्य निर्वाचित भएका छन्। माघ १२ गते निर्वाचित नयाँ सदस्यहरूको कार्यकाल ६ वर्षको हुनेछ।

    माघ १२ गतेको निर्वाचनबाट प्रदेश १ मा गोपाल कुमार बस्नेत, सोनाम गेल्जेन शेर्पा, जयन्ती देवी राई, मधेश प्रदेशमा उर्मिला अर्याल, मोहम्मद खालिद, बागमतीमा गोमादेवी तिमिल्सना, कृष्ण प्रसाद पौडेल, गण्डकीमा कमला पन्त, भुवन बहादुर सुनार, सुरेश आले मगर, लुम्बिनीमा राजेन्द्र लक्ष्मी गैरे, तुल प्रसाद विश्वकर्मा, युवराज शर्मा, कर्णालीमा दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा र सुदूरपश्चिममा मदन कुमारी शाह, जगद बहादुर पार्की र नारायणदत्त मिश्र विजयी भएका छन् ।​

    जसमध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी भए भने एक सिट एमालेले सुरक्षित गरेको छ। प्रदेश एकबाट एक जना उम्मेदवारले एमालेबाट चुनाव जितेका हुन्। संघीय संसद‍् सचिवालयका अनुसार राष्ट्रियसभाका १९ सदस्यको सपथ शनिबार बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राखिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij