Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

गण्डकी प्रदेशस्तरीय क्रिकेट : कास्की च्याम्पियन

गण्डकी प्रदेशस्तरीय क्रिकेट : कास्की च्याम्पियन

  • कास्की । पोखरामा गत पुस ३ गतेदेखि सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ । गण्डकी प्रदेश क्रिकेट सङ्घको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत आजको अन्तिम खेलमा कास्कीले नवलपुरलाई ८६ रनले पराजित गर्न सफल भएसँगै कास्की प्रतियोगिताकोे विजेता बनेको हो । कास्कीले लिगगन्तर्गतका तीनवटै खेलमा जीत निकाल्दै प्रतियोगिताको विजेता बन्न सफल भयो । खेलमा टस जितेको नवलपुरले बलिङ रोजेपछि व्याटिङ शुरु गरेको कास्कीले ५० ओभर खेल्दै सात विकेटको क्षतिमा २०१ रन बनाएको थियो । कास्कीका अर्जुन कुमालले १२७ बलमा १० चौकासहित ७७ र सुवास भण्डारीले ३४ रन बनाउनुभएको थियो । 

    images
    images
    images

     नवलपुरको बलिङमा विशाल पौडेलले दुई तथा विज्ञान गौतम, लक्की सापकोटा र कमल परियारले एक÷एक विकेट लिनुभयो । कास्कीमाथि जीतका लागि २०२ रनको लक्ष्य पछ्याएको नवलपुरले ११५ रनमा सम्पूर्ण विकेट गुमायो । नवलपुरका राहुल शर्माले ३२ तथा सन्देश बस्नेतले २९ रन बनाउनुभएको थियो । कास्कीको बलिङमा विपिन खत्री र दिपेश खत्रीले तीन÷तीन विकेट लिनुभयो भने सुवास भण्डारीले दुई तथा अमृत गुरुङ र देव शाहले एक÷एक विकेट लिन सफल हुनुभयो । प्रतियोगितामा तीन खेलमा आठ विकेट तथा ५३ रन बनाउनुभएका कास्कीका सुवास भण्डारीलले ‘उत्कृष्ट बलर’ साथै ‘म्यान अफ द सिरिज’को उपाधि पाउँदा कास्कीकै अर्जुन कुमाल ‘उत्कृष्ट व्याट्सम्यान’को उपाधि प्राप्त गर्नुभयो ।  विजयी खेलाडीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङ, क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
     
     प्रतियोगिताका ‘उत्कृष्ट व्याटस्म्यान’ अर्जुन कुमाललाई राखेप सदस्य सदस्य गुरुङले नगद रु १० हजार पुरस्कार प्रदान गर्नुभयो । उहाँले खेलाडीले राष्ट्रका लागि धेरै योगदान दिएको उल्लेख गर्दै अब खेलाडीलाई पनि राष्ट्रले सहयोग गर्नुपर्ने बताउनुभयो । आयोजक गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष देवेन्सन प्रजुले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । प्रतियोगितामा कास्की, तनहुँ, नवलपुर र स्याङ्जाले सहभागिता जनाएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij