
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । मंगलबार प्रतितोला ८०० रुपैयाँले बढेको सुनको भाउ बुधबार भने ५०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर ९६ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ । यसअघि, मंगलबार छापावाल सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेर १३२० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १३१५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij