
May 03 2025 | २०८२, वैशाख २० गते
लामो समयदेखि सहकारीको सन्दर्भ ब्याजदरको विषयमा सुनवाई नभएको भन्दै सहकारीकर्मीहरु आन्दोलनरत छन् । यसै सन्दर्भमा रहेर नेपाल केन्द्रीय वहुउद्देश्यीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीसँग अनलाइन पत्रिकाका लागि अस्मिता केसीले गरेको विशेष सम्वादको सारसंक्षेपः
असोजदेखि नै राखेको पैसा बैंकबाट झिक्न सक्ने अवस्था छैन् । यसको समस्या सहकारी सम्मपनि आइपुगेको छ । यसको लागि राज्यले नै पहल गर्नुपर्छ । यसलाई सहज गर्नको लागि लुकेको पैसाहरु बाहिर बजारमा ल्याउनुपर्छ ।
धेरै रकम लकरमा छ, त्यो रकम बाहिर ल्याएर लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्छ । व्यापार घाटा कम गर्नुपर्छ । आयात नियन्त्रण गर्ने तथा बजार चलायमान बनाउन राष्ट्रबैंकले पहल गनुपर्छ । ब्याजदरको कुरा भन्दापनि सहकारीकर्मीहरु बाँच्न सक्ने आधार बनाउनुपर्छ । मान्छेले लकरमा राखेको रकम मार्केटमा लिएर सहकारी बचाउन सक्ने अवस्था सिर्जना गर्नुपर्दछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij