
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । सातको दोस्रो दिन सोमबार आज नेप्से परिसूचक २५ अंकले बढेको छ । नेकपा एमालेले एमसीसी पारितका लागि सरकारलाई सघाउने र राजीनिक समिकरणमा केही परिवर्तन हुने चर्चा सँगै आज नेप्से सूचक २५.४१ अंकले सुधार देखिएको हो ।
राजनीतिक उचार चढाव सँगसँगै शेयर बजारमा पनि तीव्र उतारचढाव देखिएको छ । आइतबार एमसीसी संसदमा टेबल भए पनि प्रतिपक्षी तथा अन्य दलले गरेको चर्को विरोध पछि सेयर बजार ३९ अंकले घटेको थियो ।
सोमबार नेप्से सूचक २५.४१ अंकले सुधार भएर २७१८ अंकमा रोकिएको छ । सेयर बजारमा सुधार हुँदा १५४ वटा कम्पनीको मूल्य बढेको छ । सर्वाधिक धेरै बढ्ने क्रममा युनाइटेड इदी मार्दी र गुराँस लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
सम्पुर्ण सूचक बढ्दा सर्वाधिक धेरै जलविद्युत कम्पनीको सूचक ७२ अंकले बढेको छ । एमसीसी परियोजनाले जलविद्युत कम्पनीहरुलाई राम्रो फाइदा पुर्याउने हल्लाले सेयर बजारमा यस्ता कम्पनीको मूल्यमा उल्लेख्य सुधार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij