Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

राष्ट्र उत्थानको आइपीओमा २६ लाखको हात खाली

राष्ट्र उत्थानको आइपीओमा २६ लाखको हात खाली

  • काठमाडौँ । राष्ट्र उत्थान लघुवित्तको आइपीओमा २६ लाखको हात खाली रहने भएको छ । पछिल्लो समयमा आइपीओ भर्नेहरुको संख्या बढेपछि आइपीओ पर्न भाग्यको भर पनुपर्ने अवस्था सिर्जना भएको बेला राष्ट्र उत्थानको आइपीओमा पनि २६ लाख भन्दा बढी आवेदकको हात खाली रहने भएको हो ।

    images
    images
    images

    सिडिएसका अनुसार हालसम्म देशभर ४९ लाख ७२ हजार ९०२ जनाले डिम्याट एकाउन्ट खोलेका छन् भने ४० लाख ८२ हजार ६१५ जनाले मेरो सेयर सुचारु गरेका छन् । 

    राष्ट्र उत्थान लघुवित्तको आइपीओमा ३ अर्ब ४ करोड ३१ लख ३७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार अन्तिम दिन आइबार (फागुन ८ गते) साँझ ५ बजेसम्ममा २६ लाख २६ हजार ९० जनाले ३ करोड ४ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् । 
     
    कम्पनीले फागुन ४ गतेबाट कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् ०.५% सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५ सय कित्ताका लागि आवेदन दिएका हुन् । 
     
    यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले राष्ट्र उत्थान लघुवित्तलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी रेटिङ दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij