
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव १५ अंकले बढेको छ । आज सातको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव १५ अंकले बढेर २६९५ दशमलव २६ विन्दुमा आइपुगेको हो ।
यस अवधिमा १९ लाख ४२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जसमा १५ कम्पनीको २४ वटा कारोबार भएको छ । यस सेसनमा १२ कम्पनीको भाउ बढेको छ भने २ को घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
हिजो सातको पहिलो कारोवार दिन आइतबार नेप्से ३९ दशमलव ४० अंकले घटेको थियो । नेप्से सूचक १ दशमलव ४४ प्रतिशतले घटेर २६९३ दशमलव १० अंकमा पुगेर रोकिएको छ थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij