Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

भेट्रान्स कप राष्ट्रिय फुटबल खेलको छैटौं संस्करण माघमा

भेट्रान्स कप राष्ट्रिय फुटबल खेलको छैटौं संस्करण माघमा

  • काठमाडैं । वाग्मती प्रदेशको राजधानी हेटौँडामा  हरेक वर्ष आयोजना हुँदै आएको भेट्रान्स कप राष्ट्रिय फुटबल खेलको छैटौं संस्करण आगामी माघ ६ गतेदेखि  हुने भएको छ । प्रतियोगिताबारे जानकारी दिन हेटौँडा भेट्रान्स क्लबद्वारा हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा  प्रतियोगितामा नेपालभरका कूल १६ वटा टोलीको सहभागिता रहने जानकारी दिइएको हो । 

    images
    images
    images

    प्रतियोगितामा हेटौँडासहित वीरगञ्ज, चितवन, पोखरा, काठमाडौँ, विराटनगर, कोल्बी, तपुरलगायतका स्थानबाट सहभागिता हुनेछ । प्रतियोगितामा फुटबल क्षेत्रबाट राष्ट्रिय टोलीबाट खेलिसकेका पनि सहभागी हुने पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष दीपक बज्राचार्यले जानकारी दिनुभयो प्रतियोगिता हेटौँडा उपमहानगरपालिका–४ को लोकतान्त्रिक खेल मैदान हुप्राचौरमा सञ्चालन हुनेछ । प्रतियोगिताका प्रथम हुने समूहले रु एक लाख एक हजार १११, दोस्रोले रु ५१ हजार १११ र उत्कृष्ट खेलाडीले रु १० हजार पुरस्कार प्राप्त गर्ने छन्  ।

     यस्तै उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र समूह कोचलाई समेत जनही पाँच हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ । पाँचौं संस्करणको उपाधि वगर भाई खेल भेट्रान पोखराले जितेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij