Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

हमालको हाजिरीपछि साना लगानीकर्ता मख्ख

हमालको हाजिरीपछि साना लगानीकर्ता मख्ख

  • काठमाडौँ । पुँजीबजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले आज पदभार ग्रहण गरेका छन् ।

    images
    images
    images

    उनले आज (आइतबार) बोर्डको कार्यालय खुमलटारमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै अध्यक्ष हमालले साना लगानीकर्तालाई बचाउने उद्देश्य लिएर बोर्डमा आएको बताएका छन् । 

    उनले भने ,‘शेयर बजारको चिन्ता भएर नै धितोपत्र बोर्डमा आएको हो । नियमन निकाय नियमन निकाय जस्तो होस् । कसैले अन्यायमा पर्नु नपरोस् । सबैभन्दा ठूलो कुरा साना लगानीकर्तालाई मर्का नपरोस्, साना लगानीकर्तालाई नबचाउने बजारको कहिल्यै पनि दिगो विकास हुन सक्दैन । उनीहरूको लगानी जोखिममा नपर्ने गरी काम गर्ने नै सबैभन्दा ठूलो उद्देश्य हो ।’

    उनलाई बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij