Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

अनलाइनमा ठग्नेलाई ठेगान लगाउन विशेष अनुसन्धान समिति

अनलाइनमा ठग्नेलाई ठेगान लगाउन विशेष अनुसन्धान समिति

  • काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रतिबन्धित अनलाइन मुद्राको कारोबार (क्रिप्टोकरेन्सी), हाइपर फन्ड तथा अनलाइन ठगीबारे अनुसन्धान गर्न विशेष समिति गठन गरेको छ । 

    images
    images
    images

    प्रहरी प्रधान कार्यालयले आन्तरिक रूपमा गठन गरेको उक्त कमिटीको संयोजक अपराध अनुसन्धान विभागका वरिष्ठ प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङ रहेका छन् । 

    सात सदस्यीय कमिटीमा महानगरीय प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुरबाट एक/एक जना अनुसन्धान अधिकृत, महानगरीय अपराध महाशाखा तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) साइबर क्राइम ब्युरोबाट समेत एक/एक जना प्रतिनिधि रहेका छन् ।

    प्रहरी मुख्यालयले गठन गरेको सो कमिटीले नेपालमा पछिल्लो समय कारोबार बढिरहेको क्रप्टोकरेन्सीअन्तर्गतका बिटक्वाइन, डजीक्वाइनलगायत हाइपर फन्ड तथा अनलाइन ठगी नियन्त्रणको प्रभावकारी उपाय पहिचान गर्ने जनाइएको छ ।

    यसअघि अर्थ मन्त्रालयले समेत टास्क फोर्सको रुपमा अध्ययन समिति गठन गरिसकेको छ। जसमा नेपाल प्रहरीका प्रतिनिधिसमेत सदस्यको रुपमा छन् । सो समितिले नेपालमा भईरहेका क्रिप्टोकरेन्सी, हाइपर फन्ड तथा अनलाइन नेटवर्किङ्गलगायतको बारेमा अध्ययन गरेर सुझाब दिनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij