
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । राष्ट्र उत्थान लघुवित्तको आइपीओमा आवेदन दिने आइतबार (भोली) अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ४ गतेबाट कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो ।
यसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गरेको छ ।
सीडीएसका अनुसार शुक्रबार (फागुन ६ गते) साँझ ५ बजेसम्ममा २० लाख ६७ हजार ४४३ जनाले २ करोड ४१ लाख ६८ हजार ६४० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३०.४१ गुणा बढी आवेदन हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij