
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । वेस्टइन्डिजविरुद्धको टी–२० सिरिजमा भारतले जित हाँसिल गरेको छ । गएराती सम्पन्न दोस्रो टी–२० खेल ८ रनले जितेसँगै एक खेल अघि नै तीन खेलको टी–२० सिरिज २–० ले जितेको हो ।
भारतले दिएको १८७ रनको लक्ष्य पछाएको वेस्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउदै १७८ रन बनाएपछि खेल ८ रनले गुमाएको थियो । यस अघि भारतले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १८६ रन बनाएको थियो ।
खेलमा अविजित ५२ रन बनाएका भारतका रिषव पन्त खेलको प्लेयर अफ द म्याच बनेका थिए । अब सिरिजको अन्तिम खेल आइतबार हुने तालिका रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij