
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको शतप्रतिशत लाभांश सम्बन्धीत सेयरधनीलाई वितरण गरेको छ ।
कम्पनीले २१ औँ वार्षिक साधारण सभाबाट पारित चुक्ता पूँजीको ७५ प्रतिशत बोनस सेयर फागुन २ गतेदेखि सेयरधनीहरूको हितग्राही खातामा र २५ प्रतिशत नगद लाभांश फागुन ४ गतेदेखि हितग्राही खातामा उल्लेखित बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टम (आईपीएस) मार्फत जम्मा गरेको जनाएको छ ।
डिष्टिलरीको पुस २८ गते, बुधबार सम्पन्न भएको २१ औं वार्षिक साधारण सभाका लागि कम्पनीले पुस १६ गते शुक्रबार बुकक्लोज गरेको थियो । बुकक्लोज मिति अनुसार पुस १५ गते बिहीबरसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ता मात्र लाभांश पाउनेछन् ।
कम्पनीले आव २०७०÷७१ र २०७१÷७२ मा वितरण गरेको नगद लाभांश बुझिलिन बाँकी रहेका सेयरधनीले कम्पनीको सम्पर्क कार्यालय जवलाखेलमा सम्पर्क गर्न आग्रह गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij