Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

इमर्जिङ नेपालको आइपीओ बुधबार बाँडफाँट हुने 

इमर्जिङ नेपालको आइपीओ बुधबार बाँडफाँट हुने 

  • काठमाडौँ । इमर्जिङ नेपालको आइपीओ बुधबार (भोली) बाँडफाँट हुने भएको छ । 

    images
    images
    images

    मंगलबार(आज) प्री–अलोटमेन्ट सम्पन्न भएको आइपीओ भोली काठमाडौँको अनामनगर  स्थित कार्निभल रेष्ट्रोमा दिउँसो ३.३० बजे बाँडफाँट गर्ने कार्यक्रम तय भएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ । 

    उक्त आइपीओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले २ करोड ७८ लाख ६९ हजार १९० कित्ताका लागि आवेदन दिएका छन् । सर्वसााधारणबाट माग भन्दा ५३.८७ गुणा बढी आवेदन हो । 
     
    कम्पनीले माघ २६ गतेबाट फागुन १ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको थियो । यो मध्ये २% अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारी र ५% अर्थात् २७ हजार ७८० कित्ता म्युचुअल फन्डको लागि छुट्याएको थियो ।

    बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने व्यबस्था थियो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij