
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ आज आइतबार (फागुन १ गते) साँझ ५ बजे बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बालुवाटार स्थित टाइम स्क्वायर रेष्टुरेन्टमा बाँडफाँटको तयारी रहेको छ । आइपीओको प्री-अलोटमेन्ट शुक्रबार नै सम्पन्न भएको थियो ।
आइपीओमा २६ लाख ५९ हजार ५४० जना आवेदकले ३ करोड २६ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । यसमा २६ लाख ५९ हजार ५४० जना आवेदकले ३ करोड २६ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् ।
सर्वसााधारणबाट माग भन्दा ६६.६५ गुणा बढी आवेदन परेको जानकारी दिइएको छ । कम्पनीले माघ २१ गतेबाट २५ गतेसम्म ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ जारी गरेको थियो । सर्वसाधारणले ४ लाख ८७ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्ने ब्यवस्था थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij