
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । इमर्जिङ नेपालको आइपीओमा आवेदन दिने आज (फागुन) १ गते आइतबार अन्तिम दिन हो ।
कम्पनीले माघ २६ गतेबाट बिक्री खुला गरेको आइपीओमा लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।
यसले प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको छ । यो मध्ये २% अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारी र ५% अर्थात् २७ हजार ७८० कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij