
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौँ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक अतुल बजगाईंलाई सेवाबाट हटाउने चेतावनी दिएको छ ।
२०७७ साल वैशाख १ गतेबाट कार्यालयमा अनुपस्थित रहेका बजगाईंलाई सात दिनभित्र सफाइ पेस गर्न अन्तिम पटक समय दिने निर्णय प्राधिकरण सञ्चालक समितिको बैठकले गरेको हो ।
सात दिनभित्र चित्त बुझ्दो जवाफ पेस नगरे बजगाईंलाई सेवाबाट हटाइने प्राधिकरणले शनिबार सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij