
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौं । सोमबार बिहानको बाढीले डाइभर्सन बगाएपछि नारायणगढ बुटवल सडक पूर्ण रूपमा बन्द भएको छ ।
पूर्वी नवलपरासी, विनयी त्रिवेणी गाउँ पालिका-३ सर्दि स्थित खोरन्डी खोलामा आएको बाढीले नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत विनय खोलाको डाइभर्सन बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सर्दिबाट सुरक्षा फौज परिचालन गरिएको छ ।
यसै गरी आज बिहानको वर्षाले बजे गोरखा जिल्ला गोरखा नगरपालिका-८ ढुङगागाडे स्थित गोरखा आरुघाट, बुङ्कोट लोकमार्गमा ह्युम पाइप बगाएपछि सडक भासिएर यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij