Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

सातामा १५ सयले बढ्यो सुनको भाउ 

सातामा १५ सयले बढ्यो सुनको भाउ 

  • काठमाडौँ । पछिल्लो एक सातामा सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ । 

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस साताको पहिलो दिन आइतबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँ रहेको छापावाला सुनको भाउ शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको हो । 

    यस्तै, चाँदीको भाउ पनि एक सातामा प्रतितोला ३० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ कायम भएको छ । साताको पहिलो दिन आइतबार चाँदीको भाउ प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    यता तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij