
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडाैँ । लक्ष्मी बैंकले आफ्नो १४१औँ शाखा काठमाडौँको डिल्लीबजारमा संचालनमा ल्याएको छ । शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।
यससँगै बैंकको शाखा संजाल ५० जिल्लामा १४१ शाखा, १० एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७२ एटिएम, २५ सय भन्दा बढि रेमिटेन्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरू पुगेको छ ।
शाखा विस्तारसँगै बैंकले ग्राहकहरुलाई इन्टरनेट बैंकिङ्ग र मोवाईल फोनमार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्डलाई अझ सशक्त पार्ने नीति लिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij